आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मती प्रदेशसभा बैठक स्थगित


  • माउन्टेन खबर
  • शनिबार, असार २६, २०७८
  • 958
    SHARES

हेटौंडा ,२६ असार

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध हुँदै आएको छ ।

प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।

सचिवालयका अनुसार  आज स्थगन बैठक आइतबारसाढे ११ बजे बस्ने छ । आव २०७८÷८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।

आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)