शनिबार, बैशाख २२, २०८१

निर्माणधिन ३ हजार मेगावाट जलविद्युत आयोजना पछाडी धकेलिए, निजी क्षेत्रको १० खर्ब लगानी जोखिममा


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 420
    SHARES

काठमाडौं । कोरोना भाइरस महामारीले निजी लगानीमा निर्माणधिन ३ हजार मेगावाट क्षमताका ५ दर्जन आयोजना पछाडी धकेएिका छन । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले निर्माणधिन आयोजनाहरुको काम ठप्प हुन पुगेको हो ।

निजी क्षेत्रबाट निर्माणधिन र निर्माणको चरणमा पुगेका सबै आयोजन कम्तिमा पनि एक वर्ष पछि धकेलिएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान) ले जानकारी दिएको छ । इपानका अनुसार निर्माणधिनको काम रोकियो भने लगानी जुटाएर निर्माणमा जाने तयारी अवस्थामा रहेका आयोजना अघि बढ्न पाएनन । यसैगरी अध्ययनका चरणका आयोजनको विस्तृत इन्जिनियरिङको काम पनि ठप्प भएको छ ।

इपानका अनुसार यी आयोजना बनाउन स्वदेशी र विदेशीबाट १० खर्ब रुपैयाँ लगानी भएको छ । यो लगानी देशको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को करिव ३० प्रतिशत हो । निर्माणधिन आयोजनाहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई ५० अर्ब रुपैयाँ बढी ब्याज तिर्न बाँकी रहेको इपानले जानकारी दिएको छ । आयोजनाको ब्याज पुँजीकरण हुने गरेको छ ।

१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा ब्रेक लागेको इपानको भनाई छ । आयोजनाहरुको ऋण र स्वपुँजी लगानी संरचना परिवर्तन गर्नुपर्ने अवस्था आएको इपानको भनाई छ ।  आयात घट्दै र आन्तरिक उत्पादन बढ्दै गएको अवस्थामा कोरोनाले ठुलो असर गराएको छ । विद्युत उत्पादनको लक्ष्यमा ठुलो झट्का लागेको ऊर्जा उद्यमीको भनाई छ ।

९५ प्रतिशत काम सकिएका माथिल्लो तामकोसीको ७६ मेगावाटको एक युनिटसहित २४५ मेगावाट बिजुली उत्पादन पछि धकेलिएको विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहले बताए ।

उनले न्युनतम ५० देखि ९५ प्रतिशतसम्म काम सकिएका १ हजार ५०० आयोजना रहेको सुनाए । ८० देखि ९४ प्रतिशत काम सकिएका ९३० मेगावाट र ५० देखि ७९ प्रतिशत काम पुरा भएका २४७ मेगावाट रहेका छन ।आगामी असारसम्म माथिल्लो तामाकोसीको एउटा युनिटबाट ७६ मेगावाट, ४२ मेगावाटको मिस्त्रीखोला, २५ मेगावाटको माथिल्लो दोर्दीखोला, २० मेगावाटको तल्लोमोदी, २५ मेगावाटको सिङटीखोला, ११।८ मेगावाटको नमार्जुन मादी, ३० मेगावाटको न्यादी, १४।८ मेगावाटको माथिल्लो सान्जेन र २७ मेगावाटको दोर्दीखोलालगायत २२ आयोजना सम्पन्न हुने अवस्थामा पुगेका थिए ।

१११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्य भोटेकोसीका अतिरित्त, ८६ मेगावाटको सोलु–दुधकोसी, ८२ मेगावाटको तल्लो सोलु, ४२ मेगावाट ५ दर्जन साना र ढुला आयोजना निर्माणधिन रहेका छन । यी सबै आयोजना लकडाउनका कारण समस्यामा परेको इपानको भनाई छ ।

चालु आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप्ने सरकारको योजना प्रभावित भएको छ । यो वर्ष १२३ मेगावाट मात्र बिजुली थप भएको छ । असारसम्म सकिने २४५ मेगावाटका आयोजना पनि अर्को आर्थिक वर्षमा धकेलिएका छन । कोरोना महामारी बढ्दै गएकाले यी आयोजनाको भविष्य अझै अनिश्चित भएको छ ।

आगामी आर्थिक वर्षमा सरकारले १६०० मेगावाट थपेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । यो लक्ष्यमा पनि झट्का लाग्ने संभावना बढेको छ । हालसम्म जडित क्षमता १ हजार ३८६ मेगावाट रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }