बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले पीएनजीसँग एकदिवसीय खेल खेल्दै


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 489
    SHARES

२२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय खेल खेल्ने पक्का भएको छ।

आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले संयुक्त राज्य अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दै छ। सोही शृंखलाको लागि अभ्यास स्वरूप नेपाल र पीएनजीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले पीएनजी र नेपाल दुई एकदिवसीय खेलका लागि तयार भएको र मात्र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट अनुमति आउन बाँकि रहेको जानकारी दिएको छ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)