बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेस्सीले छाडे बार्सिलोना


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 486
    SHARES

२२ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ।

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको जानकारी दिएको छ।

यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो। तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ ।

‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित छलफलमा बसे पनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

‘यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन्। क्लब र खेलाडीको इच्छा अन्ततः पूरा नभएकोमा दुवै पक्ष दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्‍याएकाे योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।

सन् २००३ देखि बार्सिलोनामा आवद्ध रहेका मेस्सी १८ वर्षपछि सो क्लवबाट बाहिरिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)