बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फिफा महिलाको वरीयतामा नेपाल १०१ औं स्थानमा झर्यो


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ४, २०७८
  • 294
    SHARES

४ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटाँै, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ ।
टेबलटेनिस खेलाडी छनोट

अखिल नेपाल टेबलटेनिस सङ्घले कतारमा आयोजना हुने २५औँ एशियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान तीन–तीन पुरुष÷महिला खेलाडी छनोट गरिएको सङ्घका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिनुभयो ।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौँका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन् ।

त्यस्तै महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियङ्का राई छन् । छनोटमा समान नौ–नौ पुरुष÷महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता दोहामा आगामी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)