बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सलाम एयरबाट राष्ट्रिय क्रिकेट टीम ओमान प्रस्थान


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ८, २०७८
  • 895
    SHARES

८ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गर्नुभएको थियो ।

आइसिसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकावीच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टीमका खेलाडीहरू सलाम एयर मार्फत आजै ओमान तर्फ प्रस्थान गरेका हुन् ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेल मध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयीको शुरुवात हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सवैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवद्र्घनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रवन्धक विनोद दासले नेपालको एक उदयीमान व्यापारिक समुह आइएमई ग्रुप र अन्तर्राष्ट्रिय उडानमा ख्याती कमाउँदै आएको सलाम एयरको यो सहयोगले आफु र आफ्नो टीमलाई हौसला प्रदान गरेको बताउनुभयो ।

आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टीमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै भविष्यमा समेत यस्तै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)