बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिकोणात्मक एकदिवसीय सिरिज : नेपालको पहिलो खेल अमेरिकासँग


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 810
    SHARES
  • फाइल फोटो

काठमाडौँ, १० भदौ

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको खेलतालिका सार्वजनिक भएको छ ।

आईसीसीले नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका बुधबार सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग भदौ २९ गते प्रतिस्पर्धा गर्नेछ ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग असोज १ गते प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ ।

सिरिजका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)