बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सतासीधाम स्पोर्टिङ क्लब च्याम्पियन ब्वाइज एफसीसँग बराबरीमा


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १०, २०७८
  • 384
    SHARES

काठमाडौं, १० भदौ

सि डिभिजन लिगको छनोट खेल अन्तर्गत आज भएको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा दिनको दोस्रो खेलमा एफसीएस यसले ९ँऋक् थ्भक० गोदावरीलाई ३–२ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

सतासीधामका लागि मनिस लिम्बु र मिलन परियारले एक÷एक गोल गर्दा च्याम्पियनका थिरा राज राई र रञ्जन मगरले एक एक गोल आफ्नो नाममा लेखाएका थिए । दिनको दोस्रो खेलमा एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए ।

आयोजक एन्फाले एक कार्यक्रमको आयोजना गरी सि डिभिजन छनोट खेल सुभारम्भ गरेको हो । जस अन्तर्गत आज दुई टोली आमने सामने भएका हुन् । सि सिभिजन लिगका लागि देशै भरबाट कुल ७८ क्लबले सहभागिता जनाउँदै छन् । एयस अघि एन्फाले ७९ क्लबले छनोट खेल्ने जनाए पछि शुक्रबार काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिँदा प्रतिस्पर्धी टोलीको संख्या ७८ पुगेको हो । एन्फाले सहभागि टोलीलाई १५ समूहमा विभाजन गरेको छ ।

छनोटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६१ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ टिम सहभागी भएको एन्फाले जनाएको छ । छनोटबाट तीन टोली सि डिभिजनमा बढुवा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)