बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

 नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडलाई


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ११, २०७८
  • 369
    SHARES

काठमाडौं,११ भदौ

नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ ।

यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ (एन्फा) ले एडप्याडलाई बिक्री गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिजो आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

एडप्याडलाई रु २५ लाख १० हजारमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरेको एन्फाले जनाएको छ । एडप्याडका प्रबन्ध निर्देशक गिरीका अनुसार अब यस खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग यही भदौ १७ र २० गते गरी दुई खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । दुवै मैत्रीपूर्ण खेल दर्शकविना नै गर्ने योजना रहेको एन्फाले जनाएको छ । आगामी असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)