११ भदौ, काठमाडौं । बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । शुक्रबार बसेको बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।
नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेश प्रमुख शर्माले प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गर्नुभएको छ।
गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो ।
