आइतवार, बैशाख २३, २०८१

गल्छी देखि मैलुङसम्मको ८ वटा पुल निर्माणले तिब्रता पाउदै


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १२, २०७७
  • 748
    SHARES

रणनितिक महत्वको आयोजनाको रुपमा रहेको गल्छी देखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणले तिब्रता पाएको छ । बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अधिकांश ठाउँहरुमा कामदार अभाबमा निर्माणका गतिविधिहरु रोकिएपनि रणनितिक महत्वको रुपमा परिचित रहेको गल्छी देखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणले तिब्रता पाएको हो ।

स्थानिय कामदार भएका कारण आवश्यक सामाग्री जुटाएसँगै पुल निर्माणको कामले तिब्रता पाएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

धादिङको गल्छी स्थित महेशखोला, नुवाकोटको कोल्पुटार स्थित कोल्पु खोला, रातामाटे स्थित ठुलो खोला, गेर्खुखोला स्थित गेर्खुखोला, रसुवा र नुवाकोटको सिमाना बेत्रावती स्थित फलाखुखोला, नयाँपुल स्थित त्रिशुली नदी, चिप्लेटी स्थित त्रिशुली नदी र रसुवाको मैलुङ स्थित ठाडो खोलामा पक्कि पुल निर्माण भइरहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाले जनाएको छ । ११ मिटर चौडाई र १० मिटर देखि ६० मिटर लम्बाइको पुल निर्माण भइरहेको भण्डारीले बताए । उक्त पुलको स्टिम ढलान, नदी नियन्त्रण पहुँच सडक फुटपाथ रेलिङ निर्माण, खोला स्याल्ब ढलान, जग ढलान र वीन वाल लगाउने काम भइरहेको छ ।

गल्छी देखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि अहिले ८ स्थानमा मात्र पुल निर्माणको काम सुरु भएको भण्डारीले बताए । नुवाकोटको देविघाट स्थित तादी खोला, रसुवाको मैलुङमा क्यानल क्रसिङ र त्रिशुली खोलामा पुल निर्माण रोकिएको उनको भनाई छ । मैलुङमा क्यानल क्रसिङको दुई वटा पुल निर्माणका लागि पुन डिजाइन गर्नुपर्ने र तादीखोलाको पुल निर्माणका लागि मुआब्जा विवादका कारण सुरु हुन नसकेको भण्डारीले बताए ।

मैलुङमा क्यानल क्रसिङको दुई वटा पुल निर्माणका लागि १० मिटरको मात्रै डिजाइन भएको थियो, त्यहाँ ठुलो ठुलो ढुङ्गाहरु रहेकाले बढाउनुपर्ने हुदाँ पुन डिजाइन गर्नुपर्ने देखिएको छ, उनले भने तादी खोलामा भने पुल भत्काउदा व्यक्तिको घर भत्किने हुदाँ उहाँहरुलाई मापदण्ड अनुसारको मुआब्जा दिएका थियौ तर स्थानियको विवादले निर्माण सुरु हुन् सकेन्, ।

८ वटा पक्कि पुल निर्माणका लागि एक सय ५० जना कामदारले अहिले निरन्तर काम गरिरहेको आयोजनाले जनाएको छ । सुरक्षाको सामाग्री प्रयोग गरि सुरक्षित तवरमा काम गरिरहेको समेत बताइएको छ ।

कालिका तुन्दी हिम्दङु एण्ड थोकर जेबीले ५८ करोडको लागतमा धादिङको गल्छी देखि रसुवाको मैलुङसम्मको पक्कि पुल निर्माणका लागि ठेक्का पाएको छ । आगामी पुष मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बताइएको छ । पास उपलब्ध गराई निर्माण सामाग्री ल्याउनका लागि सहजीकरण गरिरहेको आयोजनाका प्रमुख भण्डारीले बताए ।

नुवाकोट सम्म निर्वात रुपमा सामाग्री ल्याउन दिइएपनि रसुवा तर्फ भने कोरोना रोकथामका लागि गरिएको कडाईले समयमा निर्माण स्थलमा सामाग्री पुर्याउन समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ । रातको समयमा मात्र आवतजावत गर्न पाइने र २४ घण्टे क्वारेन्टाइनमा सवारी राख्नुपर्दा ढिलाई हुन थालेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }