आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस कामपा–४ को वडा सभापतिमा पुन ः न्यौपानेले उम्मेद्वारी दिने


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १५, २०७८
  • 578
    SHARES

 

काठमाडौँ, १५ भदौ 

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ को वडा सभापतिमा रामप्रसाद न्यौपानेले पुनः उम्मेद्वारी दिने हुनुभएको छ ।

विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशका क्रममा वडा सभापति विजयी हुनुभएका न्यौपानेले १४ औँ महाधिवेशनमा पनि पुनः सभापति पदका लागि उम्मेद्वार दिन लाग्नुभएको हो ।

विस २०३० सालमा भक्तपुरको वोडेमा जन्मनुभएका न्यौपाने विस २०३३ सालदेखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराही बस्दै आउनुभएको छ । निरन्तर २० वर्षदेखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव बन्नुभएको थियो ।

अघिल्लो कार्यकालमा रहेका अधुरा कामलाई पुरा गर्नका लागि आफूले पुनः वडा सभापतिमा उम्मेद्वारी दिन लाग्नुभएको न्यौपानेले माउण्टेन खबर डटकमलाई जानकारी दिनुभयो । “एक कार्यकाल सिक्ने अवसर पायाँ, अर्को कार्यकाल काम गरेर देखाउने इच्छा छ, त्यसैले उम्मेद्वारी दिन लागेको हुँ,”– न्यौपानेले भन्नुभयो ।

विस २०४७ सालमा शङ्करदेव क्याम्पसमा नेविसङ्घको सदस्य भएर काम गर्नुभएका न्यौपाने काँग्रेसको १५ महाधिवेशनमा क्षेत्रीय सचिव उठ्ने सोच राख्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)