बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र बंगलादेशबीच महिला मैत्रीपूर्ण फुटबल खेल्ने


  • माउन्टेन खबर
  • आइतवार, भदौ २०, २०७८
  • 972
    SHARES

२० भदौ । काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

भदौ २४ र २७ गते दशरथ रंगशालामा यी दुई टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् । बंगलादेशको महिला फुटबल टिम भोलि (सोमवार) बिहान साढे १० बजे काठमाडौं आइपुग्नेछ ।

खेल हेर्न चाहने दर्शकका लागि साधारण २०० र भीआईपी प्यारापिटका लागि ५०० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रभु पेबाट टिकट काट्न सकिने एन्फाले जनाएको छ ।

नेपाली महिला फुटबल टिम २०२२ मा हुने एएफसी महिला एशियन कपको छनोटको तयारीमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)