बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मनीको लगातार तेस्रो जित


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 615
    SHARES

काठमाडौं, २४ भदौ

विश्व कपकाे डिफेन्डिङ च्याम्पियन जर्मनीले युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा लगातार तेस्रो जित निकाल्ने क्रममा सर्जी जिनाब्री, एन्टोनियो रुडिगर, लोरेय साने र टिमो वेर्नेरले १/१ गोल गरे ।

युरो कपमा इंग्ल्याण्डसँग पराजित भए यता तीन खेलमा फ्लिकको टोली अपराजित छ । बुधबार रातिको समूह ‘जे’को अर्को खेलमा नर्थ मेसेडोनिया र रोमानियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह ‘जे’मा ६ खेलको समाप्तीमा १५ अंकका साथ जर्मनी शीर्ष स्थानमा रहँदा अर्मेनिया ११ अंकका साथ दोस्रो तथा १० अंक जोडेको रोमानिया तेस्रो स्थानमा छ ।

नर्थ मेसेडोनिया नाै अंकका साथ चौथो स्थानमा रहँदा आइसल्यान्ड चार अंकका साथ पाँचौं तथा लिचेस्टिन एक अंकका साथ पुछारमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)