बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो च्याम्पियनमा इटालीको अर्को कीर्तिमान


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 635
    SHARES

काठमाडौं, २४ भदौ

युरोपियन च्याम्पियनमा इटाली ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्र बनेकाे छ । बुधबार रातिको खेलमा लिथुआनियालाई ५-० गोल अन्तरले पराजित गर्दै इटालीले ३७ खेलको अपराजित यात्रा मात्र कायम राखेन, कीर्तिमान नै बनाएकाे छ ।

रोबर्टो मान्चिनिले एभर्टनबाट खेल्दै आएका  मोइसे केअनलाई डेब्यू गराउदा २ गोल गरे । युभेन्ट्सबाट केअन लोनमा आएका हुन् ।

केअनले २ गोल गर्दा जिओभानी डे लोरेन्जो, गिआकोमो रास्पाडोरिले १/१ गोल गरे भने लिथुआनियाका एडगारस उत्कुसेले आत्माघाती गोल गरे ।

यसअघि इटालीले ब्राजिलको नाममा रहेको ३६ खेलको अपराजित यात्रा बराबर गरेको थियो । समूह ‘सि’को अर्को खेलमा स्विजरल्याण्ड र आयरल्यान्डले गोलरक्षक बराबर खेल्दै अंक बाँडे ।

जितसँगै इटालीले समूह ‘सि’बाट ६ अंकको अग्रता बनाएको छ । उसको ६ खेलबाट १४ अंक रहेको छ । ४ खेलबाट ८ अंक जोडेको स्विजरल्याण्ड दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)