बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली लनटेनिस टोली शुक्रबार पाकिस्तान जाने


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 887
    SHARES

काठमाडौं ,२४ भदौ

आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामाबाद जाँदैछन् ।

सेप्टेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले भाग लिने छन् । पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्सिल श्रेष्ठ तथा महिलामा शिभाली गुरुङ र मान्सा कँडेल रहेका छन् ।

प्रशिक्षकमा कृष्णराज घले छन् । अभिभावकहरु विमला भण्डारी क्षेत्री, रोविन जोशी, नवीन श्रेष्ठ, सिमान्त गुरुङ र पर्शराम कँडेलपनि टोलीसंगै पाकिस्तान जाने छन् ।
उक्त प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि ताजकिस्तानमा हुने एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनको फाइनलका दक्षिण एसियाली छनोटका रुपमा रहेको छ ।

पुरुष/महिलामा शीर्ष दुई स्थान हात पार्ने राष्ट्रले ताजाकिस्तानको यात्रा सुनिश्चित गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले बिहीबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)