आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सक्षम नेतृत्वले मात्रै विपिको सपना पुरा गर्छःप्रकाशमान सिंह


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 425
    SHARES

काठमाण्डौ,  २४ भदौ

नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र विपिले देखेका सपना पूरा हुने बताउनु भएको छ ।विपी कोईरालाको १०८ औँ जन्मजयन्तीका अबसरमा आज श्रद्धाञ्जली अर्पण गर्दै सिंहले विपीले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण समेत गर्नुभयो ।

नेपाली कांग्रेस महाधिवेशनको संघारमा रहेको र वडा अधिवेशन समेत प्रारम्भ भइसकेको अबस्थामा बलियो कांग्रेस बनाउन सबैले आआफ्नो ठाउँबाट शसक्त भूमिका खेल्नुपर्नेमा सिंहले जोड दिनुभयो ।

कुनैपनि गुटउपगुट भन्दा पनि एक ढिक्का काङग्रेस अहिलेको आबश्यकक्ता भएकाले बलियो काङग्रेस र सक्षम नेतृत्वले मात्रै काङग्रेसलाई विपीले देखेको सपनाकोपथमा डोर्यायाउन सकिने उहाँको बिश्वास छ ।

साथै उहाँले कोरोनको कहरकाबीच जारी वडा अधिवेशनमा स्वास्थ मापदण्ड पालना गर्दै आफ्नो काममा लाग्न पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)