बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोहित पौडेल र कुशल भुर्तेलको अर्धशतकीय पारीमा अमेरिकामाथि नेपालको सानदार जित


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २९, २०७८
  • 740
    SHARES

काठमाडौं ,२९ भदौ

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा युवा ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकीय पारीमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्दै नेपालसामु २ सय ३१ रनको लक्ष्य दिएको थियो । नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै ६ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो ।

युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपालको जित पक्का गराए । विकेटकिपर विनोद भण्डारी ४८ बलमा २ चौका र १ छक्का सहित ३७ रनमा क्याच आउट भए ।

पाँचौ विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको जित पक्का गराएका हुन् । नेपालको ओडिआईमा पाँचौ विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए । उनी म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । अमेरिका मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय पारी खेले । उनी अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बने ।

नेपालका स्पिनर सुशान भारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । यस्तै स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए भने विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए । नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानसँग मंगलबार खेल्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)