बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिए

अहिलेसम्म अमेरिकाले ५ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ


  • माउन्टेन खबर
  • शनिबार, अशोज २, २०७८
  • 549
    SHARES

काठमाडौं,२ असोज

स्टार लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले एकै ओभरमा २ विकेट लिएका हुन् ।

नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले आक्रामक सुरुआत गरेसँगै सन्दीप इनिङको तेस्रो ओभरमा बलिङ गर्न आएका हुन्। उनले इनिङको पाँचौ ओभरमा २ विकेट लिए ।

पाँचौ ओभरमा पहिलो बलमा सन्दीपले अमेरिकाका सुशान्त मोदानीलाई एलबीडब्लु धरापमा पारे । सोही ओभरको पाँचौं बलमा उनले करिमा गोरेलाई उनले बोल्ड गरे । सो ओभरमा उनले कुनै रन नदिइ मेडन समेत राखे ।

अहिलेसम्म अमेरिकाले ५ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ । उसका लागि ओपनर स्टिभन टेलरले १७ बलमा १९ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)