बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओमानद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत


  • माउन्टेन खबर
  • आइतवार, अशोज ३, २०७८
  • 590
    SHARES

३ असोज, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमानले नेपालसामू १२२ रनको लक्ष्य दिएको छ । ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन जोडेको हो ।

ओमानका जिसन नदीमले ६६ बलमा ४१ रन जोड्दा अन्य ब्याट्समान खुलेर खेल्न सकेनन् । नेपालका बलरले ओमानलाई दबाबमा राखेको थियो ।

नेपालका करण केसीले ८ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ८.१ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने सरद भेष्वाकरले ६ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)