काठमाडौं ,७ असोज
कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेकाविदेशीनागकिरलाई नेपालप्रवेशकालागिअनअराइभलभिसाप्रदानगर्ने नेपाल सरकारको निर्णयलाई नेपालउद्योग परिसंघले स्वागत गरेको छ । सरकारको यो निर्णय कोभिड १९ काकारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापितगर्न र पर्यटन उद्योगको पुनरोत्थानकालागि सकारात्मकपहलहुने परिसंघको ठहर छ ।
परिसंघले यसकालागि नेपाल सरकारलाई धन्यवाद समेत दिएको छ ।
कोभिड १९ को प्रभाव बढ्दै जाँदा सरकारले अनअराइभल भिसा जारी गर्ने प्रक्रिया रद्द गरेकोमा यसलाई पुनः सुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भइ पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको बुझाइ छ । अनअराइभल भिजा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सहजरूपमा अघि बढाउन सरकारले समन्वय गर्नुपर्नेमा परिसंघको जोड छ ।
सरकारले अन अराइभल भिसा खुला गरे पनिअझै केहीमुलुकले नेपाललाई ‘रेड लिस्ट’मा राखेको छ । नेपाल सरकारले नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिएर पर्यटकलाई सुरक्षित गन्तव्यको पहिचान दिनुपर्नेमा परिसंघको जोड रहेको छ ।
‘नेपाल सरकारले कुटनीतिक पहलमार्फत सम्पूर्ण देशहरुलाई नेपाललाई रेड लिस्टबाट हटाउन पहलगर्नुपर्छ,’ परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘अब देशभित्र सम्पूर्ण नागरिकलाई शीघ्र खोप उपलब्ध गराउने र विदेशीनागरिकलाई नेपाल सुरक्षित रूपमा घुम्न सकिन्छ भन्ने सन्देश दिनुपर्छ ।’
आदेश अनुसार नेपालप्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दूमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । एन्टिजेन पोजिटिभ देखिएपर्यटकहरु आइसोलेसनमा बस्नुपर्नेछ भने नेगेटिभ आएमाआफ्नो गन्तव्य प्रस्थानगर्न सक्नेछन् । परिसंघले कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा प्राप्त गरेका सबै नागरिकलाई सहज रूपमा नेपाल भ्रमणको व्यवस्थामिलाउन सरकारलाई आग्रह गरेको थियो ।
मन्त्रिपरिषदको यही २०७८ असोज ६ गतेको बैठकले ‘विदेशबाट नेपालआगमनहुने र नेपालबाट प्रस्थानगर्ने यात्रुहरुको यात्राव्यवस्थापन सम्बन्धीआदेश २०७८’ स्वीकृत गरेको थियो । यही आदेशमा विदेशबाट नेपालआउने यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएको छ ।
