बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्लोबल नोकिया फोन्सले एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ सँग साझेदारी गर्दै


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ८, २०७८
  • 469
    SHARES

काठमाडौं ,८ असोज

एचएमडी ग्लोबल होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलावेन (केकेएक्सआई)सँग साझेदारी गर्ने भएको छ । सो प्रतियोगिताको चौथो संस्करण शनिबारबाट सुरु हुँदैछ ।

प्रतियोगिता गत वर्ष हुने तय भए पनि कोभिड–१९ को कारण असोज ९ देखि २३ गतेसम्म हुने भएको हो । फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्राण्डको इजाजतपत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरूलाई एक साथ ल्याउने र देशमा आफ्नो ब्राण्ड निर्माणका लागि केकेएक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ ।

एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवरले भने, ‘एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरका रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्राण्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित छौं ।

एचएमडी ग्लोबलमा हामी विश्वास गर्छौं कि मोबाइल टेक्नोलोजीले विश्वभरिका सबै उपभोक्ताको दैनिक जीवनमा वृद्धि ल्याउन सक्छ र क्रिकेट खेल नेपाली जनताको लागी एक जोश हो जसलाई हामी अझ सुलभ बनाइरहेका छौं ।’

विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका  लागि एउटै टिममा खेल्दैछन् । प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीम सहभागी हुनेछन् । खेलाडीहरूको सूचीमा शाहिद अफ्रिदी, र्यान पठान, ओशादा फर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना लगायत अन्तर्राष्ट्रिय खेलाडीहरू पनि छन् ।

शनिबार हुने केकेएक्सआइको पहिलो खेल ललितपुर प्याट्रियट्ससँग हुने तय भएको छ । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता नेपाललगायत विश्वका १५० भन्दा बढी देशहरूमा प्रसारित हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)