बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चौंथो संस्करणको ईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट


  • माउन्टेन खबर
  • शनिबार, अशोज ९, २०७८
  • 673
    SHARES

काठमाडौं,९ असोज

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने ईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ ले उद्घाटन खेल खेल्ने छन्। उक्त खेल अपराह्न सवा १२ बजे सुरु हुनेछ।

ललितपुर कुशल भुर्तेल र काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ। दुबै टीममा चर्चित विदेशी खेलाडीको उपस्थिति रहनेछ।

काठमाडौं किङ्स -११ मा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज लगायकका खेलाडी रहेका छन् भने ललितपुरमा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई लगायतका खेलाडी रहेका छन्।

चौंथो संस्करणको प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइजी क्लबबाट २४ जना विदेशी खेलाडी खेल्दैछन्।

प्रत्येक क्लबमा टेस्ट मान्यता प्राप्त देशका कम्तीमा एक खेलाडी हुने आयोजकले जनाएको छ। श्रीलंका, बंगलादेश, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, जिम्बाब्बे र अफगानिस्तानका खेलाडीलाई कीर्तिपुरस्थित मैदानमा देख्न पाउने निश्चित भइसकेको छ। त्यसबाहेक क्यानडा, मलेसिया, सिंगापुर र भुटानका खेलाडी पनि विभिन्न क्लबमा अनुबन्ध भएका छन्।

श्रीलंकाबाट सबैभन्दा धेरै आठ खेलाडीले ईपीएल खेल्दैछन्। पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी कीर्तिपुरमा देखिने सबैभन्दा हाइप्रोफाइल क्रिकेटर हुनेछन्। बंगलादेशका एकदिवसीय अन्तर्राष्ट्रिय कप्तान तमिम इकबाल, श्रीलंकाका पूर्वकप्तान उपुल थरङ्गालगायत क्रिकेटरको खेल पनि हेर्न पाइनेछ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)