बिहिबार, बैशाख २७, २०८१

रुकुमपश्चिममा घटेको घटनाको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली जाजरकोट प्रस्थान


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १८, २०७७
  • 778
    SHARES

राष्ट्रिय मानव अधिकार आयोगको टोली अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा ५ जनाको मृत्यु र एकजना वेपत्ता भएको घटनाको अनुगमन गर्न रुकुम तथा जाजरकोटतर्फ आज प्रस्थान गरेको छ ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोगको टोलीले सो घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापश्चात् शान्ति सुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवं शान्ति सुरक्षाको कार्यसम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने जनाइएको छ ।

आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालको सहकार्यमा गठित जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले यसअघि उक्त घटनाको सम्बन्धमा प्रारम्भिक अनुगमन गरेको थियो ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरङ्गित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारको सहयोग पु¥याउन आयोग जनप्रतिनिधिहरु, राजनीतिक दल, मानव अधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दासमेतलाई आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }