नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पीपीईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी भएको बताएका छन् ।
सरकार र स्वास्थ्यकर्मीका नाममा अपिल जारी गर्दै महामन्त्री कोईरालाले सबै जिल्लामा कोरोना परीक्षणको व्यवस्था गर्न सरकार संग माग गरेका छन् ।
चिकित्सा पेशाबाट राजनितिमा आएका काग्रेस महामन्त्री डा. कोइरालाले सरकारसँग स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य रुपमा पीपीईको प्रवन्ध गरेर संक्रमितको उपचारका लागि उनीहरुको मनोबल उच्च बनाउन सरकार संग आग्रह गरेका छन् ।
विश्व स्वास्थ संगठनले बढीभन्दा बढी परिक्षणका लागि अपिल गरेको भन्दै महामन्त्री कोईराला ले अपिल मार्फत सरकारसँग सातै प्रदेशमा परिक्षण गर्ने ब्यवस्था मिलाउन समेत आग्रह गरेका छन्।
