बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनले उचाल्यो ईपीएल टी-ट्वान्टीको उपाधि


  • माउन्टेन खबर
  • शनिबार, अशोज २३, २०७८
  • 298
    SHARES

२३ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमामा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलोपटक उपाधि जितेको हो ।

पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले भने दिलिप नाथले १८ रन जोडे । यस्तै राजेश पुलामीले १४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे ।

चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाखमा चित्त बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)