आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • आइतवार, अशोज २४, २०७८
  • 543
    SHARES

२४ असोज, काठमाडौं । आज बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिँदैहुनुहुन्छ ।

मुख्यमन्त्री शाक्यले आज (आइतवार) दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्तारुढ दल एमालेको विभाजन भएर सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।

हाल बागमती प्रदेश सभामा १०९ जना सांसद छन् । एमालेका सभामुखसहित ४३ जना सांसाद छन् । एमालेबाट विभाजन भई बनेको नेकपा(एकीकृत समाजवादी)का १३ जना सांसद छन् । त्यसैगरी माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् । शाक्यलाई बहुमतका लागि ५५ जना सांसद आवश्यक भएपनि सत्तारुढ दल एमलोसँग ४३ जना मात्रै सांसद भएपछि उहाँले प्रदेश सभाबाट बहुमत नपाउने निश्चित छ ।

विपक्षी गठबन्धनले बागमती प्रदेशमा नेकपा(एकीकृत समाजवादी)को नेतृत्वमा सरकार बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)