आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेशसभामा विश्वासको प्रस्ताव पेश


  • माउन्टेन खबर
  • आइतवार, अशोज २४, २०७८
  • 590
    SHARES

२४ असोज, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

मुख्यमन्त्री शाक्यले आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएको हो । योसँगै आगामी बागमती प्रदेशसभाको बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा पेश गर्नुभएको हो। मुख्यमन्त्रीले संसदमा विश्वासको मत गुमाउने स्थिति आएसँगै उहाँले विश्वासको मत लिन लाग्नुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)