शनिबार, बैशाख २२, २०८१

लकडाउन जारी रहे पनि आउँदो आइतबारभित्र उद्योगी व्यवसायीले सम्पूर्ण कर बुझाउनुपर्ने :आन्तरिक राजस्व विभाग


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 720
    SHARES

काठमाडौं । सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनुपर्ने भएको छ । बन्दाबन्दी (लकडाउन) का कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो ।

अब लकडाउन जारी रहे पनि २५ गते  अर्थात आउँदो आइतबारभित्र उद्योगी व्यवसायी सबैले बुझाउनुपर्ने सम्पूर्ण कर बुझाउनुपर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए ।

‘व्यवसायीले सरकारले बुझाउनुपर्ने जे जति करहरु छन्, २५ गतेभित्र बुझाउनुपर्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘अब समय थपिँदैन्, चैत बैशाख र जेठमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) आयकर, अन्तशुल्कलगायत सम्पूर्ण कर बुझाउनुपर्छ ।’

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि कर तिर्ने समय पनि पछि सारेको थियो । अब समय नथपिने कुँवरले जानकारी दिए । सरकारले समय नथप्ने भएपछि व्यवसायीले डकलाउनकै बीचमा कर तिर्नुपर्ने भएको छ।

लकडाउनका कारण राजश्व संकलन प्राय ठप्प छ । यही अवस्था रहेमा सरकारले कर्मचारीलाई तलव समेत खुवाउन समस्या पर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }