आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काङ्ग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ५, २०७८
  • 538
    SHARES

तनहुँ ,५ मङ्सिर

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिनुभएका अधिकांश जनप्रतिनिधि निर्वाचित हुनुभएको हो ।

निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ ९ख० बाट प्रदेश प्रतिनिधिमा विजयी हुनुभएको छ । सोही प्रदेशसभाको सभापतिमा व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ विजयी हुनुभएको छ ।

यसैगरी व्यास नगरपालिकाका कार्यपालिका सदस्य तमबहादुर दरै र अमृत नेपाली सोही प्रदेशसभाको प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । तनहुँ क्षेत्र नम्बर १ ९क० अधिवेशनबाट व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापा, व्यास–१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास–८ का वडाध्यक्ष ओजराज पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर २ ९क० बाट माग्दे गाउँपालिका–१ का वडाध्यक्ष शिवशरण वाग्ले, म्याग्दे–३ का वडाध्यक्ष श्रीबहादुर आले, म्याग्दे–४ का वडाध्यक्ष शिवबहादुर थापा र शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । तनहुँ क्षेत्र नम्बर २ ९ख० मा ऋषिङ गाउँपालिकाकी–७ की वडाध्यक्ष भविसरा आले प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिका सदस्य अर्जुन अधिकारी तनहुँ १ ९क० बाट प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको छ । जिल्ला समन्वय समितिकै सदस्य सरस्वती गौतम तनहुँ २ ९क० बाट प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको छ । यसैगरी व्यास नगरपालिका–२ की वडा सदस्य राधिका परियार तनहुँ १ ९क० बाट प्रदेश प्रतिनिधिमा पराजित हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)