मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २६, २०७७
  • 258
    SHARES
  • (तस्विरः रोशन सापकोटा)

काठमाडौँ। भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य जारी रहेको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्माण विज्ञ राजुमान मानन्धरले पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको छ भन्नुभयो । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट मगाइएको छ । उनका अनुसार पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिनेछ ।

पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् । बोरिङ चलाउन ‘थ्री फेज’ विद्युत्को लाइन आवश्यक पर्छ, जसको जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग औपचारिक प्रक्रिया सुरु भइसकेको छ । त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पनि पानी तानिनुका साथै आकाशे पानी सङ्कलन गर्न रानीपोखरी क्षेत्रमा ‘रेन वाटर हार्भेस्टिङ’ प्रणाली जडान गरिएको छ । वर्षाको समयमा सडकको पानी पोखरीमा पस्न नपाउने गरी निर्माण गरिएको उनले बताए । अब रानीपोखरीको पानी सफा हुने उनले स्पष्ट पारे ।

तीन करोड लिटर पानी
रानीपोखरीमा कुल तीन करोड लिटर पानी राखिने योजना रहेको प्राधिकरणका निर्माण विज्ञ मानन्धरले बताए। पोखरीमा पाँच फिट चार इन्च पानीको गहिराइ रहनेछ । पोखरीको पुरातात्विक महìवलाई ध्यान दिँदै पूर्ण रूपमा निर्माणको कार्य प्रताप मल्लको पालाको जस्तै गरी बनाइएको छ । उनले छड, सिमेन्ट लगायत कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग नगरिएको स्पष्ट पारे । उनका अनुसार पोखरीको भित्ता निर्माणमा ‘महापा’ इँटाको प्रयोग गर्ने गरिएको र प्रताप मल्लको पालाको नमुना अनुसार ‘महापा’ इँटालाई माछाकाँडे आकारको कटिङ गरी बिच्छ्याउने काम भइरहेको छ ।

मानन्धरले पोखरी सुन्दर बनाउने क्रममा पोखरीभन्दा माथि दुई तहमा काम भइरहेको छ । एउटा तहमा इँटा छाप्ने काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । भित्ताको काम सम्पन्न भइसकेको छ । त्यसैगरी दोस्रो तहमा ढुङ्गा छाप्ने काम मात्र बाँकी छ । ढुङ्गा छाप्ने काम अबको केही दिनभित्र सुरु हुन्छ भने । दोस्रो तहमा निर्माण भइरहेका आठवटा भर्याङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । पोखरी निर्माणमा अहिलेसम्म सात करोड ८५ लाख रुपियाँ खर्च भइसकेको छ ।

मन्दिरको काम आधा सम्पन्न
रानीपोखरीमा निर्माणाधीन मन्दिरको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको निर्माण विज्ञ मानन्धरले जानकारी दिए । मन्दिर निर्माणमा अहिलेसम्म सात करोड रुपियाँ खर्च भइसकेको छ । रानीपोखरीको बीचमा शिखर शैलीमा बालगोपालेश्वरको मन्दिर निर्माण भइरहेको छ । मन्दिरमा बिजुलीको तार जडान भइसकेको छ । मन्दिर निर्माणमा कीर्तिपुर र चोभारका विशेषज्ञ कालीगढ मात्र संलग्न छन् ।

वैशाखभित्र नै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गर्न लगाई रानीपोखरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेकोमा बन्दाबन्दीका कारण काम सम्पन्न हुन ढिलो भएको हो । बन्दाबन्दीमा पनि काम निरन्तर गरिएको बताउँदै उनले जनशक्तिको अभावमा पूर्ण रूपमा काम हुन नसकेको स्पष्ट पारे । विज्ञ मानन्धरका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् । पूजा गर्न पाइनेछ, दाजुभाइ, दिदीबहिनीले भाइटीका गर्न सक्छन् । मन्दिर निर्माणमा ८६ जनाको जनशक्तिले काम गरिरहेकोमा अहिले १९ जना र पोखरी निर्माणमा अहिले एक इन्जिनियर र २५ कामदार कार्यरत छन् । बन्दीबन्दी भए पनि निर्माण सामग्रीको अभाव भने छैन । गोरखापत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }