आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती सभापतिमा बानियाँ र केसीबीच पुन: मतदान


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १९, २०७८
  • 266
    SHARES

१९ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ ।

प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो । काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।

बढी मत ल्याउन ईन्द्रबहादुर बानियाँ र जगदिशनरसिंह केसीबीच सभापति पदका लागि मतदान हुने भएको छ । आज सार्वजनिक भएको मत परिणामअनुसार बानियाँले ९९२, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत प्राप्त गर्नुभएको थियो । १० मत बदर भएको छ ।

प्रदेश सभापतिलगायतका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शनिबार भएको मतदानमा दुई हजार १५१ जना मतदातामा २०७१ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)