आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सव आयोजना हुने


  • माउन्टेन खबर
  • आइतवार, पुस ११, २०७८
  • 697
    SHARES

काठमाडौं , ११ पुस। अंग्रेजी नयाँ वर्षको अवसरमा विगत २३ वर्षदेखि सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सवको निम्तो दिन पोखराका पर्यटन व्यवसायीहरु काठमाडौंमा आइपुगेका छन् । पुस १५ देखि १७ गतेसम्म हुने सडक महोत्सवलाई भव्य बनाउन काठमाडौंमा निम्तो लिएर आएको संयोजक नरेश भट्टराईले जानकारी दिए ।

रेष्टुरेष्ट एण्ड वार एसोसियसन (रेवान) को मूख्य आयोजनामा हुने सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिदै पोखरा खुल्लैछ भन्ने सकरात्मक सुचना प्रवाह गरि पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्धेश्यले लेकसाइड क्षेत्रको करिब ३ किलोमिटर क्षेत्र कार्यक्रम हुने जनाएको छ । सडकमै खाउ,सडकमै रमाउ भन्ने उद्धेश्यका साथ विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन गर्ने योजना समेत अघि सारेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रर्दशन,दोहोरी गीत प्रतियोगिता, झाँकी प्रर्दशन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खसल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, हुइल चियर रेस प्रतियोगिता,संस्थागत भलिवल प्रतियोगिता, टग अफ वार जस्ता कार्यक्रमहरु महोत्सवको मूख्य आकर्षणहरु रहेका छन् ।

महोत्सवको अवसरमा रेष्टुराँहरु सहित होटलमा ३० देखि ३५ प्रतिशतसम्म छुटको अफर ल्याएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । त्यति मात्र हैन, पोखराको अर्को आकर्षकको रुपमा रहेको प्याराग्लाईडिङ्गमा समेत ३३ प्रतिशत छुट दिने घोषणा भएको उनले बताए । हाल प्याराग्लाईडिङ्गको लागि ६ हजार रुपैया लिने गरिएको छ ।

कोभिडले सुस्त पारेको पर्यटनलाई आन्तरिक पर्यटकहरुले चलायामान बनाइरहेको बेला यो महोत्सवले थप सहयोग पुग्ने अध्यक्ष भट्टराईको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)