आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यवसायिकरुपमा उदयपुरमा प्याराग्लाइडिङको उडान सुरु हुने


  • माउन्टेन खबर
  • आइतवार, पुस ११, २०७८
  • 681
    SHARES

११ पुस, उदयपुर । उदयपुरमा साहासिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो ।

शुक्रबार र शनिबार सो क्षेत्रमा दुई दिनसम्म नियमित उडान परीक्षण गरेर सफल भएपछि अब व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजनामा व्यावसायिक प्याराग्लाइडिङ उडान सफल भएपछि अब गडिकोट पर्यटन विकास समितिको लगानी र कटारी नगरपालिकाको सहयोगमा यस क्षेत्रमा नियमित प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको नगरपालकाले जनाएको छ ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई पोखरामा लगेर यस सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ । पोखराका केही प्राविधिकको सहयोगमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको बताइएको छ ।

व्यावसायिक उडान सुरु भएपछि यसमा रमाउने यहाँका बासिन्दा यसप्रति आकर्षित हुने विश्वास लिइएको छ । कटारी नगरपालिका, प्रदेश नं १ सरकार र गडिकोट पर्यटन विकास समितिको रु पाँच करोडको लगानीमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । यो खेलको विकास तथा विस्तारका लागि डिपिआर तयार गरिएको कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो । कटारी–५ को सिमसार तथा तालतलाउ र जङ्गल क्षेत्रमा झण्डै ४० प्रजातिका चरा पाइने र विभिन्न प्रकारका जङ्गली जनावारसमेत पाइने हुनाले सो क्षेत्रमा गडिकोट क्षेत्रबाट प्याराग्लाइडिङ उडान गरेर पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङ उडान सुरु गरिन लागेको कटारी नगरपालिकाले बताएको छ ।

मर्जेतपुर गढी क्षेत्रबाट सिमासार क्षेत्रसम्म उडान गरेर झर्न नौ किलोमिटरको दूरी पार गर्नुपर्ने र यसमा कुनै पनि समस्या नदेखिएकाले प्याराग्लाइडिङ उडान सफल हुने प्याराग्लाइडिङ प्राविधिक तथा क्याप्टेन दिलकुमार सुनुवारले बताउनुभयो । यहाँ भएको नियमित उडान परीक्षणमा कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आफै प्याराग्लाइडिङमा उडेर उद्घाटन गर्नुभएको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)