बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भीमदत्त राजमार्ग ४८ घण्टा पछि संचालनमा


  • माउन्टेन खबर
  • शनिबार, माघ २२, २०७८
  • 561
    SHARES

डडेल्धुरा २२ माघ ।
हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग ४८ घण्टा पछि संचालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बिहीबारबाट अवरुद्ध बनेको थियो।

राजमार्गमा भएको हिउँ पन्छाएपछि आज ४ बजेपछि सडक संञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भयो ।

हिमपात रोकिएपछि शनिवार बिहानैदेखि स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए। दिनभरको प्रयासपछि शनिवार साँझ मात्रै सडक सुचारु गर्न सकिएको प्रहरीले जनाएको छ।

सडक खुलाइएपछि बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ हिँडेका छन्। डडेल्धुराको साहुखर्क र हगुल्टे लेकमा बाक्लो हिउँ जमेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)