सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भक्तपुरमा आजदेखि तीनदिनसम्म प्रजातन्त्र दिवस मनाइने


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ६, २०७८
  • 720
    SHARES

६ फागुन, भक्तपुर । भक्तपुरमा आजदेखि तीनदिनसम्म विभिन्न कार्यक्रममा गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा आइतबार भक्तपुरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरीय समितिको बैठकले बृहत् रक्तदान आयोजना गर्ने निर्णय गरेको हो ।

सोही अवसरमा आजदेखि तीनदिन घरघरमा दीपावली गरिने, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा फहराई साँझ दीपावली गर्ने, कार्यालय परिसरमा सरसफाइ गर्ने, रक्तदान तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र दिवससम्बन्धी सन्देश, सूचना, अन्तक्र्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन तथा प्रसारण गरिने भएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)