सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भक्तपुरमा पछिमा बाजा प्रतियोगिता हुने


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २६, २०७८
  • 587
    SHARES

२६ फागुन, काठमाडौं । भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण सम्वद्र्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता दरबारस्क्वायरमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने समूहले रु २० हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान, बाँसुरी चार थान तथा द्धितीय हुनेले रु १५ हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी तृतीय हुनेले रु १० हजार, पछिमा एक थान, सिछ्या एक थान तथा सान्त्वना पुरस्कार रु पाँच हजारका साथै पछिमा एक थान र सहभागी सबै टोलीलाई पछिमा बाजा एक÷एक थान प्रदान गरिने वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो ।

सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)