सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३०, २०७८
  • 537
    SHARES

३० फागुन, सिन्धुली । सिन्धुली, दुधौली नगरपालिका-५ ठाकुर खोलास्थित पुलमा दुधौली नगरपालिका-४ वाँणेगाउँबाट कटारीतर्फ बिहेको जन्ती बोकेर जाँदै गरेको ना.३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा टिपरमा सवार कटारी नगरपालिका-२ बस्ने २३ वर्षीय जितेन्द्र कुमर समेत २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २४ जनालाई सोही स्वास्थ्य केन्द्र हुँदै ४ जनालाई काठमाडौं, ८ जनालाई विराटनगर, २ जना सिन्धुली अस्पताल रिफर गरिएको छ भन्ने १० जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)