सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माडीमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ४, २०७८
  • 474
    SHARES

४ चैत, चितवन । माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी भएको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी पाँच क्विन्टल, गहँु दुई क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थानलगायत ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाँडावर्तन नष्ट भएको छ ।

यस्तै कुखुरा फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० र चल्ला एक हजार पूर्णरूपमा जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । अधिकारीका अनुसार आगलागी आज बिहान ४ः३० बजे भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)