सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ९, २०७८
  • 379
    SHARES

मकवानपुर, ९ चैत ।
बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का कारण करिब तीन महिना अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुई बैठक बसेर नवौँ अधिवेशन अन्त्य गरिएको हो । प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १२ वटा बैठक सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको पछिल्लो समय गत फागुन २९ गते, ३० गते र चैत ८ गते बसेको बैठकले दुई वटा विधेयक पारित गरेको थियो भने अन्य तीन वटा विधेयक संशोधनको लागि पेश गरेको थियो ।

बागमती प्रदेशसभामा हाल १०९ सदस्य रहेका छन् । जसमा एमालेका ४३, माओवादीका २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)