सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनका सबै वडामा कांग्रेसले खटायो निर्वाचन प्रतिनिधि


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ११, २०७८
  • 475
    SHARES

११ चैत, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा ती प्रतिनिधि यही चैत १२ गते बिहानदेखि आ–आफ्नो वडामा खटिने छन् । ‘घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत वडा कमिटी र कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्नेछन् । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने खनालले जानकारी दिनुभयो ।

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् । अधिकांश वडामा टोल समितिसमेत गठन भइसकेको छ । शनिबार बिहान ११ः३० बजे एकैसाथ जिल्लाका ९८ वडामा अभियान सुरु गरिने छ ।

पार्टीले फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ । जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार रहेको छ । सात पालिकाका ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो । खनालले भन्नुभयो, “जिल्लाको स्थानीय तहमा बर्चश्व कायम हुने गरी अभियान थालेका छौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)