आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १८, २०७८
  • 866
    SHARES

काठमाडौँ, १८ चैत ।
पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ ।

नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी हुनुभएको हो । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत हुनुहुन्छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालक युविका भण्डारी, कोषाध्यक्षमा वल्र्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सहकोषाध्यक्षमा रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल (रेजु) निर्वाचित हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एडभेञ्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक सवला भण्डारी, डालिमा टुर्स एण्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेका सञ्चालक श्रद्धा जोशी विजयी हुनुभएको छ ।

निर्वाचनका लागि थापा र बस्नेत समूहबीच प्रतिस्पर्धा भएको थियो । देशभर दुई हजारभन्दा बढी टुर्स एण्ड ट्राभल्स भए पनि निर्वाचनका लागि ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)