सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका छोरीलाई अब सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २४, २०७८
  • 410
    SHARES

हेटौँडा, २४ चैत 
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताउनुभएको छ । गैर सरकारी संस्था महासङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढाइदिने बताउनुभयो ।

उहाँले प्रदेशका ११९ वटै पालिकाले एक जनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने जनाउनुभयो ।

साथै जनताको हित हुने कार्यक्रमको प्रस्ताव ल्याउनका लागि मुख्यमन्त्री पाण्डेले गैससलाई निर्देशन दिनुभयो । त्यसैगरी बागमती प्रदेश सांसद मुनु सिग्देलले गैरसरकारी संस्थाले विपद्मा जनताका लागि राहतको कार्य गरेर सरकारको सहयोगी र अभिन्न अङ्ग बन्दै आएको बताउनुभयो । गैरसरकारी संस्था र नागरिक समाजले सरकारलाई सुझाव दिने र खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)