सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैशाख ६ गतेदेखि रसुवामा कृषि गणना


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २, २०७९
  • 498
    SHARES

रसुवा ,२ वैशाख

रसुवामा कृषि गणनाको तयारी सुरु  पुरा भएको छ ।  बैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको कृषि गणनाको तयारी पुराभएको  जिल्ला कृषिगणना कार्यालय रसुवाका प्रमुख प्रेम नेपालले माउण्टेन खवरलाई बताउनुभयो । तथ्यांक संकलन कार्य जेठ १९ गतेसम्म सञ्चालन हुने छ । जिल्लामा यही चैत १ गते कार्यालयको स्थापना गरिएको थियो ।

यस गणनामा घर परिवारले गरेको कृषि कार्य, संस्थागत कृषि कार्य र वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समावेश गरिने छ । यसका लागि रसुवामा ६ जना सुपरीवेक्षक र २३ गणक खटिने छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा रहेका ६८ लाख घरपरिवारमध्ये ४१ लाख घरपरिवार कृषिमा छन् । यही तथ्यांकलाई आधार मानेर ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर गणना गर्न लागिएको छ । नेपालका ७५३ स्थानीय तहका १३ हजार ५७८ गणना क्षेत्रहरूबाट ३ लाख ५० हजार कृषक परिवार छनोट गरिएको हो ।

नेपालमा २०१८ सालदेखि कृषि गणना हुँदै आएको छ । कृषि गणना हरेक १०÷१० वर्षमा हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)