रसुवा, ६ फागुन
रसुवामा आइचर दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ का चालक समेत रहेका ४५ वर्षीय खिल प्रसाद भट्टराई, सोहि स्थानकै ४२ वर्षिय हेम प्रसाद भट्टराई, जिल्लाको कालिका गाउँपालिका १ राम्चे घर भई हाल नुवाकोट किस्पाङ गाउँपालिका ५ बस्ने ३४ वर्षिय आईतमान तामाङ र ३२ वर्षिय बुटीमायाँ तामाङ रहेका छन् ।
मंगलबार बिहान शान्ती बजारबाट मैलुङ तर्फ जाँदै गरेको बा ३ ख ५२२७ नम्बरको खाली आईचर जिल्लाको उत्तरगया गाउँपालिका २ सिम्लेमा सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक इन्द्र सुवेदीले बताए ।
घटनास्थलबाट घाइतेहरुको उद्धार गरि उपचारका लागि नुवाकोट जिल्ला अस्पताल पठाइएको सुबेदीले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
