शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रहन्छः कानुनमन्त्री तुम्बाहाङ्फे


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ८, २०७६
  • 564
    SHARES

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रहिरहने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा बुधबार दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा  नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने बताउनु भएको हो ।

‘यो धेरै वर्षदेखि गडेर बसेको हो, म खुलेर भन्छु, हामी पितृसत्ता हटाउने स्थान सम्म पुगेकै रहेनछौँ,’ उहाँले भन्नुभयाे, ‘यसका लागि नेपालका हामी नेतृत्व मात्र नभइ नागरिकमा चेतनाको विकास आवस्यक छ ।’

पितृसत्ता संस्थापक रुपमा विकास भएको उहाँको भनाइ छ। यसको प्रभाव महिलामा मात्रै नभइ पुरुष र सिंगो समाजमा परेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

न्याय क्षेत्रको सुधारका लागि मन्त्री तुम्बाहाम्फेले सामान्य नागरिकमा समेत न्यायको महसुस र न्यायालयसम्म सजिलै पुग्ने वातावरण बनाउने दावी गर्नुभयो  ।

उपसभामुखबाट सभामुख हुन नसकी पदबाट राजीनामा दिनुलाई पाटीले पदच्यूत गरेको भनेर बुझ्न नहुने भन्दै उहाँले आफूलाई पार्टीले अन्याय गरेको महसुस नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }