शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दर्शक फकाउन पल र पूजाको दौडधुप


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १९, २०७६
  • 766
    SHARES

झण्डै पाँच महिना सुनसान रहेका फिल्म हलहरु गएको हप्ता प्रदर्शनमा आएका दुई फिल्म ‘सेन्टी भाइरस’ र आमा’ का कारण चहलपहल देखिएको छ । यी दुई फिल्मले हलमा दर्शकको भीड तान्न सफल हुँदा यसको फाइदा फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित यस वर्षको प्रतिक्षीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले उठाउनसक्ने अनुमान गरिएको छ ।

गीतसंगीत र ट्रेलरले राम्रो हाइप निर्माण गरेको यो फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । यसको अघिल्लो श्रृंखलामा पनि उनीहरु नै थिए । ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा हिट भएका कारण यसको सिक्वेलले पनि आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनभन्दा अगाडिको हाइप हेर्दा फिल्मले हलमा ठूलो व्यापार गर्ने देखिन्छ ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा पल र पूजा भने दर्शक फकाउन स्कुलदेखि महोत्सवसम्म धाउन थालेका छन् । बिहीवार काठमाडौंको एक स्कुलमा विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरेका उनीहरु शुक्रवार सुर्खेत पुगेका थिए । त्यहाँ आयोजना भएको महोत्सवमा फिल्मको प्रचार हेर्न पुगेका उनीहरुलाई हेर्न ५ हजारभन्दा बढीको भीड उर्लिएको आयोजकले जानकारी दिएको छ ।

पल र पूजा महोत्सवमा उपस्थित दर्शकलाई अभिवादन गर्न स्टेज चढ्दा हजारौंले एकसाथ हुटिङ गरेका थिए । त्यहाँ उनीहरुले फिल्मको गीतमा एकसाथ नृत्य गरे । अभिनेता पलले आफ्नो घर दाङमा रहेको भन्दै सुर्खेत आउने चाहना पूरा भएकोमा खुसी व्यक्त गरे । सुर्खेतबाट फर्किएपछि पल र पूजा शनिवार काठमाडौंको सोल्टी होटलमा आयोजना भएको एक कार्यक्रममा पुगे ।

फेसन र म्यूजिकलाई समावेश गरेर एक कलेजले आयोजना गरेको कार्यक्रममा उनीहरु पुग्दा युवा(युवतीहरु निकै खुसी देखिएका थिए । यो कार्यक्रममा पनि पल र पूजाले फिल्मको प्रचार गर्दै गीतमा नृत्य प्रस्तुत गरे । फिल्म प्रदर्शनभन्दा अगाडिसम्म दर्शकसँग प्रत्यक्ष रुपमा जोडिने हरेक खालका कार्यक्रममा पल र पूजाले सहभागिता जनाउने निर्देशक सुदर्शन थापाले जानकारी दिए ।

म्यूजिकल लभस्टोरीमा निर्मित फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }