मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल केसी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ६, २०८१
  • 46
    SHARES

 

काठमाडौं । चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले आफ्ना लभ स्टोरी चलचित्रहरु दर्शकहरुले बढी रुचाएकाले यस चलचित्र पनि रुचाउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताउनु भयो । उहाँले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताउनु भयो । उहाँले यो फिल्मपछि कुन फिल्म आउँछ भन्नेबारेमा आफू पनि अनविज्ञ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरा लागि यो प्रोजेक्ट नयाँ किसिमको र चुनौतिपूर्ण थियो । मेरो अडियन्सले लभ स्टोरी रुचाउनुभएको छ । त्यसलाई नै मैले अहिले पस्किएको छु । यो ट्रेलरमा स्टोरी खुलाएका छैनौँ । दोस्रोमा धेरै खुल्नेछ । अरु एक्टरहरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु पनि छैन । प्लान पनि त्यस्तो केही गरेका छैन । यो फिल्मपछि मेरो कुन फिल्म आउँछ, म आफैँलाई थाहा छैन । यसको रिजल्ट जे हुन्छ, त्यही अनुसार म मेरो अर्को फिल्म डिसाइड गर्छु ।’

 

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् । काफिया फिल्मस र कुबेर फिल्मले ’फर्की फर्की’ लाई वितरण गर्नेछन् । यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिलममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }