मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको दुई स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १९, २०७६
  • 727
    SHARES

रसुवा, १९ फागुन

रसुवाको दुई वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारको एक पालिका एक अस्पताल बनाउने योजना अन्तर्गत जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ स्वास्थ्य चौकि र नौकुण्ड गाउँपालिकाको पारच्याङ स्वास्थ्य चौकिलाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको हो ।

जिल्लाको ग्रामिण भेगमा रहेको स्वास्थ्य चौकि अस्पतालको रुपमा परिणत भए पश्चात सामान्य खालका बिरामी सदरमुकाम धुन्चे तथा नुवाकोट जानुपर्ने बाध्यताको अन्त्य हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा रसुवाका दुई स्वास्थ्य संस्था सहित २ सय ३६ वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको जनाएको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार गत वर्ष सरकारले २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम सुरु गरिसकेको छ । त्यस्तै यो वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको समेत स्वास्थ्य मन्त्री ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)