शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

तिरुगाउँका भुकम्प पिडित कृषकलाई ६५ सय केजि आलुको बिउँ बितरण


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २९, २०७६
  • 895
    SHARES

रसुवा, २९ फागुन

रसुवाको उत्तरगया गाउँपालिका १ तिरुका भुकम्प पिडित कृषकलाई निशुल्क रुपमा आलुको बिउ्रँ बितरण गरिएको छ । आलुखेतीबाट आर्यआर्जन बढाई आलुमा आत्मनिर्भर बनाउनका लागि उत्तरगया गाउँपालिकाले निशुल्क रुपमा आलुको बिउँ बितरण गरेको हो ।

बिहिबार गाउँपालिकाले तिरुगाउँमा एक दिने एकिकृत घुम्ती शिबिरको आयोजना गरि ६ हजार ५ सय केजि आलुको बिउँ निशुल्क रुपमा बितरण गरेको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । उनले भने, आलुमा आत्मनिर्भर बनाउने उद्धेश्यले स्थानीय कृषकलाई आलुको विऊ वितरण गरेका हौ, ।

तिरु गाउँका १ सय ६५ जना कृषकलाई प्रति कृषक ३५ केजिको दरले निशुल्क रुपमा आलुको बिउँ बितरण गरिएको समेत उनले बताए । लेकमा फल्ने उन्नत जातका आलु बितरणले भुकम्प पिडित बिस्थापित परिवारको जिवन निर्वाहमा टेवा पुग्ने समेत लम्सालले बताए । कृषकहरुलाई व्यावसायिक खेती तर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको आर्थिक स्रोत मार्फत निशुल्क रुपमा आलुको बिउँ बितरण गरेका हौ,

निशुल्क रुपमा बितरण गरिएको आलुको बिउँ तिरु गाउँमा रहेको करिब २ सय रोपनी क्षेत्रफलमा रोपिने भएको छ । चालु आर्थिक बर्ष २०७६÷०७७ मा गाउँपालिकाको आर्थिक स्रोतबाट तिरुमा आलुको बिउँ बितरणका लागि ५ लाख रुपैया बजेट बिनियोजन गरिएको थियो । निशुल्क रुपमा बितरण गरिएको आलु उत्पादन बाट बढी लाभ सँगै कृषकको आम्दानी स्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले निशुल्क रुपमा आलुको बिउँ बितरण गरेको भन्दै कृषकहरु खुशी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु संचालन गर्न स्थानियहरुले अनुरोध समेत गरेका छन् ।
त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १ लाई कृषि ज्ञान केन्द्र नुवाकोटले आलु जोन क्षेत्र निर्माण गर्ने भएको छ ।

कार्यक्रम स्विकृत भएमा गाउँपालिकाको वडा नम्बर १ मा २ हजार रोपनी क्षेत्रमा व्यावसायिक रुपमा आलु खेतीका लागि कृषकहरुलाई अनुदान दिइने लम्सालले बताए । कृषि ज्ञान केन्द्रले वडा नम्बर १ लाई आलु जोनमा पारेको छ, अहिले कार्यक्रम स्विकृत भएको छैन्, उनले भने, कार्यक्रमका लागि गाउँपालिकाको तर्फबाट मैले पनि पहल गरिरहेको छु, ।

तिरुगाउँमा निर्माण हुने एकीकृत बस्तीमा एक सय २५ परिवार राख्ने तयारी भइरहेको छ । पुर्बाधार बिकास सहित सुन्दर एकिकृत बस्ती निर्माण प्रक्रिया अघि बढिरहेको बताइएको छ ।

आलुसँगै गाउँपालिकाले एकिकृत घुम्ती शिबिर मार्फत स्वास्थ्य, पशु स्वास्थ्य शिबिर संचालन गर्नुका साथै कृषकहरुलाई काक्रा, फर्सि, घिरउला लगायतका बिउँ बिजन बितरण गरेको छ ।

एकिकृत घुम्ती शिबिरबाट २ सय ४५ जनाले सेवा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन खड्काले बताए । स्वास्थ्य, कृषि र पशुसम्बन्धि एक दिने घुम्ती शिविर संचालन गरेका थियौ, उनले भने, निशुल्क आलुको बिउँ वितरण, स्वास्थ्य परिक्षण, क्षयरोगको परिक्षण, भेडा बाख्रा र कुखुरामा लाग्ने रोगबारे जानकारी दिनुका साथै औषधि बितरण गरेका छौँ, ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }